पपुवा न्युगिनी संग नेपाल ६ रनको झिनो अन्तरले पराजित — OSNepal

पपुवा न्युगिनी संग नेपाल ६ रनको झिनो अन्तरले पराजित

LC (KTM) March 25, 2022 0

पपुवा न्युगिनी पीएनजी विरुद्धको पहिलो खेलमा नेपाल ६ रनको अन्तरले पराजित भएको छ । २ सय ९३ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनाउन सक्यो । नेपालको लागि रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले पनि नेपाल पराजित हुन पुगेको छ ।

रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रनको स्कोर खडा गरेको थियो । पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रनमा आउट भए । नोरमान भानुअले आक्रामक ४७ रन बनाए । जासन किलले १३ रनमा रहँदा सिमोन अटाइले २ रन बनाए । नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान दुई दुई विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर