शान्तिको 'बिरानो सहरमा' महानायक हमालको जीवन्त अभिनय (भिडियो) — OSNepal

शान्तिको ‘बिरानो सहरमा’ महानायक हमालको जीवन्त अभिनय (भिडियो)

LC (KTM) March 25, 2022 0

काठमाडौं- शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट गीत ‘बिरानो सहरमा’ रिलिज गरिएको छ । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रकाश मिश्रले गीत को मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।

प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन् ।गीतकार शान्ति शर्माको यस अघि नै ‘अम्लान फूल’ गजल सङ्ग्रह , ‘बार्दलीमा जून’ मुक्तक सङ्ग्रह लगायतका कृतीहरू पाठकहरूले मन पराइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement