विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने,यही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्नेछु — OSNepal

विश्वासको मत पाएपछि मुख्यमन्त्री भट्टले भने,यही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्नेछु

LC (KTM) June 08, 2021 0

धनगढी २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएर आफ्नो सरकार जोगिएपछि प्रदेश सभाका सबै सदस्यहरुलाई धन्यावाद दिएका छन् । विश्वासको मत पाएका मुख्यमन्त्री भट्टले सञ्चारकर्मीसँग कुरा गर्दै आफुले पाएको विश्वासको मतलाई आधार मानेर आफु अगाडी बढ्ने बताएका छन् ।

तिन वर्षको कार्यकालमा अझै डेढ वर्षको समय भएकाले आफु संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्न प्रतिवद्ध रहेको बताएका भट्टले भने,’हामीले विगतमा के के काम गरेका छौं भन्नेबारे अब बल्ल परिणाम आउन थाल्छ , यो अवधिमा हामीले संघीयताको जग बसाल्यौं, कतिपय कुरा संस्थागत गर्न, कानुन निर्माण गर्न समय खर्चियौं, अब ती कुराहरुमा अल्झिनुपर्ने छैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर