प्रदेश -२ मा विपक्षीदलबाट बैठक अवरुद्ध — OSNepal

प्रदेश -२ मा विपक्षीदलबाट बैठक अवरुद्ध

LC (KTM) June 08, 2021 0

जनकपुरधाम २६ जेठ । प्रदेश २ को बजेट अधिवेशनका दोस्रो बैठ विपक्षीदलहरुले अवरुद्ध गरेको छ । विपक्षीदलहरुले स्थानीय तहमा जाने सशर्त अनुदान मनोमानी तरिकाले छनौट गरेको भन्दै बैठक अवरुद्व गरेका हुन् ।स्थानीय तहमा जाने सशर्त अनुदान को निणर्य नसच्चाएसम्म बैठक अवरुद्ध पार्ने विपक्षीदलहरुले चेतावनी दिएका छन् ।

विपक्षी दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेको छ । प्रदेशका सभामुख सरोजकुमार यादवले बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षबाट भने अवरोध आएकोले बैठक एक घण्टाको लागि स्थगित गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर