केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर बुझाउन ठाकुरले मागे आयोगसँग एक हप्ताको समय — OSNepal

केन्द्रीय समितिका पदाधिकारीको हस्ताक्षर बुझाउन ठाकुरले मागे आयोगसँग एक हप्ताको समय

LC (KTM) June 08, 2021 0

काठमाडौँ २५ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले निवार्चन आयोगसँग एक साताको समय मागेका छन् । सरकारमा जाने विषयमा जसपामा विवाद हुँदा ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव फुटको संघारमा पुगेका छज् । एकले अर्कोलाई कारवाही गरेको पत्र आयोग पठाएका थिए ।

तर ,आयोगले नियम बमोजिम नभएको भन्दै आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा विवरण पेश गर्न आग्रह गरेको थियो । आयोगले दिएको एक हप्ताको समय सकिनै लाग्दा ठाकुर फेरि एक साता मागेका हुन् ।

आयोगले अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्रमा कार्यकारिणी समितिको निर्णयको हस्ताक्षर नबुझाएका कारण हस्ताक्षसहितको पत्र बुझाउन आग्रह गरेको हो । सोही हस्ताक्षर संकलनको लागि ठाकुरले एक हप्ताको समय मागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर