सुदूरपश्चिम प्रदेशको संसदीय दलले सोध्यो, ओली समुहका ७ जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टिकरण — OSNepal

सुदूरपश्चिम प्रदेशको संसदीय दलले सोध्यो, ओली समुहका ७ जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टिकरण

LC (KTM) June 08, 2021 0

धनगढी २५ जेठ । सुदूरपश्चिम प्रदेशको संसदीय दलले नेकपा एमालेका अध्यक्ष केपी ओली समुहका ७ जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिएका कारण माओवादीको सरकार रहेको सुदुपश्चिम प्रदेशको संसदीय दलले स्पष्टिकरण सोधेको हो ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टिकरण चित्तबुझ्दो नआए दलको विधान अनुसार कारबाही गर्ने चेतावनी कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

नेपाल समुहको बहुमत रहेको उक्त प्रदेशमा ओलीका पक्षका जम्मा सात जना सांसद रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर