धनुषामा व्यापारी र प्रहरीबीच झडप, आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गर्यो अश्रुग्यास — OSNepal

धनुषामा व्यापारी र प्रहरीबीच झडप, आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले प्रहार गर्यो अश्रुग्यास

LC (KTM) March 27, 2022 0

काठमाडौं १३ चैत । धनुषामा व्यापारी र प्रहरीबीच झडप भएको छ । जिल्लाको विदेह नगरपालिका तिनकौरीयामा अज्ञात समूहले पानपसलमा आगजनी गरेपछि आक्रोशित स्थानीयले विरोध गर्दा प्रहरी र व्यापारीबिच झडप भएको हो ।

उत्तः झडपमा एक जना स्थानीय र एकजना प्रहरी घाइते भएका छन् । गएराति ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा अज्ञात समुहले आगजनी गरेका हुन् ।

स्थानीयले प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूले लापरबाही गरेको भन्दै टायर बालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर आन्दोलन नियन्त्रणमा लिने प्रायस गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर