आईपीएलमा दिल्ली क्यापिटल्सको बिजयी सुरुवात , मुम्बई ४ विकेटले पराजीत — OSNepal

आईपीएलमा दिल्ली क्यापिटल्सको बिजयी सुरुवात , मुम्बई ४ विकेटले पराजीत

LC (KTM) March 27, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा मुम्बई इण्डियन्सले हार ब्यहोरेको छ । दिल्ली क्यापिटल्सले भने विजयी सुरुवात गरेको छ ।आइतबार भएको खेलमा मुम्बई लाई ४ विकेटले हराउँदै सुखद सुरुआत गरेको हो ।मुम्बईले दिएको १ सय ७८ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो।दिल्लीको जितमा ललित यादवले अविजित ४८ रन बनाए ।

अक्षर पटेलले अविजित ३८ रन जोडे ।पृथ्वी शले ३८ रन जोड्दा शार्दुल ठाकुरले २२ रन बनाए । टिम सेइफर्ट २१ रनमा आउट भए ।मुम्बईका बासिल थाम्पीले ३ तथा मुरुगान आश्विनले २ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।मुम्बईका इशान किशनले अविजित रहदै ८१ रनको अर्धशतकीय इनिङ खेले ।

कप्तान रोहित शर्माले ४१ रन जोड्दा तिलक वर्माले २२ रन जोडे । टिम डाभिड १२ रनमा आउट भए ।दिल्लीका कुलदिप यादवले ३ तथा खलिल अहमेदले २ विकेट लिए ।जितसँगै दिल्लीले पहिलो खेलमा २ अंक जोडेको छ ।मुम्बईले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर