सम्झना राउटेलाइ होटल लाने केटाको सबै नालीबेली यस्तो छ, दुर्व्यबाहर गर्नेलाइ दाइको ठाडो चेतावनी (भिडियो सहित) — OSNepal

सम्झना राउटेलाइ होटल लाने केटाको सबै नालीबेली यस्तो छ, दुर्व्यबाहर गर्नेलाइ दाइको ठाडो चेतावनी (भिडियो सहित)

LC (KTM) June 08, 2021 0

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोती जनैघाटमा बस्दै आएका राउटे समुदायका दुई युवतीमाथि शनिबार राति स्थानीय युवाहरूले यौन दुर्व्यवहार गरेका छन् । राति ९ बजेतिर उनीहरूले दुर्व्यवहार मात्रै गरेनन्, ती युवतीमाथि यौन शोषण गरेको भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा अपलोड गरे ।उक्त भिडियो शनिबार राति भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन युवकले मदिरा सेवन गरी युवतीलाई पनि मदिरा खुवाएर दुर्व्यवहार गरेको भिडियोमा देखिन्छ ।

युवतीहरूलाई फकाएर होटलमा लगेर यौन दुर्व्यवहार गरेको भिडियो भाइरल भएको भोलिपल्ट आइतबार प्रहरीले गुर्भाकोटस्थित मेहेलकुना होटलका सञ्चालक २९ वर्षीय विनोद पुन, गुर्भाकोट–९ का ३५ वर्षीय दमनबहादुर घर्ती र २४ वर्षीय भूपेन्द्र बुढालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । ‘अहिले सोधपुछ भइरहेको छ,’ उनले भने, ‘अहिले नै यो घटनाबारे विस्तृत रूपमा भन्ने अवस्था छैन । कारबाहीको प्रक्रिया अगाडि बढिसकेको छ ।’ सामाजिक अभियन्ता कुमार राइले यस बिसयमा चर्को आवाज उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर