अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्याण्ड संग पराजित — OSNepal

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल थाइल्याण्ड संग पराजित

LC (KTM) March 27, 2022 0

नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबुरी एफसीसँग पराजित भएको छ । चोनबुरी संग नेपाल उत्कृष्ट प्रर्दशन गर्दा गर्दै ३–१ गोल अन्तरले पराजित भएको छ।आइतबार चोनबुरी स्टेडियममा घरेलु टोलीलाई जिताउन फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले एक–एक गोलको योगदान दिइ गरे।

नेपालका लागि दर्शन गुरुङले सान्त्वना स्वरुप एक गोल फर्काए। थाइल्यान्ड भ्रमणको दोस्रो खेलमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कप्तान किरण कुमार लिम्बूसहित अन्यअनुभवी खेलाडीलाई विश्राम दिँदै नयाँलाई मौका दिएका थिए। जारी थाइ लिगमा चोनबुरी पाचौँ स्थानमा रहेको छ। खेलको २४औं मिनेटमा फान्थामितले गोल गर्दै चोनबुरीलाई अग्रता दिलाएका थिए।

६५ औं मिनेटमा रेनाटोले गोल गर्दै अग्रता २–० को बनाए। ८३ औं मिनेटमा दर्शनले गोल गर्दै नेपाललाई २–१ को स्थितिमा ल्याए। खेलको इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै घरेलु टोलीलाई ३–१ को जित दिलाए। नेपालले यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा नेपाल २–० ले पराजित भएको थियो।एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि नेपाल मैत्रीपूर्ण खेल्न थाइल्याण्ड पुगेको हो। एसियन कप छनोटको समूह ‘ए’मा रहेको नेपालले कुवेत, इन्डोनेसिया र जोर्डनसँग खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर