५ विकेटले हराउँदै बेंगलोरमाथि पञ्जावकाे सानदार जित — OSNepal

५ विकेटले हराउँदै बेंगलोरमाथि पञ्जावकाे सानदार जित

LC (KTM) March 28, 2022 0

काठमाडौं, १४ चैत-पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा विजयी सुरुआत गरेको छ ।२०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पञ्जाव को जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले । ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे ।बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो ।बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए । दीनेश कार्तिक ३२ रनमा अविजित रहे । यस्तै, विराट कोहलीले ४१ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर