नेपालको शैक्षिक स्तरमाथि प्रश्न उठाउदै विकसित मुलुकको नेपाली विद्यार्थी लैजाने रणनिति – OSNepal

नेपालको शैक्षिक स्तरमाथि प्रश्न उठाउदै विकसित मुलुकको नेपाली विद्यार्थी लैजाने रणनिति

Osnepal Admin (KTM) March 28, 2022 0

अनुसा थापा-पछिल्लो समय धेरैजसोको आकर्षित मुलुक अमेरिका र अस्ट्ेलिया बनेको छ । प्रायजसो धेरै नेपालीहरु पढ्नका लागि यी मुलुक जाने गर्दछन् । केही अघिदेखि शिक्षाका लागि बाहिर जानेको संख्या ह्वात्तै बढेको छ । २०६० सालअघि पनि नेपालीहरु पढ्नको लागि विदेशिने गर्दथे । तर, त्यतिखेर बाहिर जाने विद्यार्थीको संख्या अहिले जत्ति थिएन् । पहिले हजार अहिले लाखमा गनिन थालिसकेको छ । आफ्नो माध्यमिक तहको पढाइ पुरा गर्नेबित्तिकै धेरैको चाहना नै विदेशिने हुन्छ ।

राम्रो मुलुक जाने उही गएर आफ्नो बासस्थान बनाउने । अहिले प्रायजसो नेपालबाट विद्यार्थी बनेर गएकाहरु फर्किन चाहदैनन् । वर्षेनि लाखौ विद्यार्थी पढ्ने बहाना बनाउदै बाहिर जान्छन् तर फर्किएर आउदैनन् । यसबाट राज्यलाई कति घाटा भइरहेको छ ? एउटा विद्यार्थी विदेशिदाँ २० देखि २५ लाख रुपैंयाको जोहो गर्नुपर्छ । विद्यार्थी जुन मुलुकमा पढ्न जान्छ उसले यत्रो पैसा त्यहाँ जान खर्च गर्छन् । नेपालको शिक्षा गुणस्तरीय नभएको भन्दै वर्षेनि पढ्नका लागि मात्र ११ अर्ब रुपैंया खर्च गरिन्छ । विदेशमा जाने अधिकांश राम्रो र मँहगो विद्यालयमा पढेका हुन्छन् भने उसको बाबुआमा पनि खर्च गर्नेसक्ने खालका हुन्छन् ।

सरकारी जागिर खाने, दलाल गर्ने, व्यापार व्यवसायीका छोराछोरीहरुले मात्र यत्रो खर्च गर्न सक्छन् । सरकारी विद्यालय पढेका, खर्च गर्न नसक्नेचाहि नेपालमै बस्छन् । तर, बाबुआमाले आफ्नो छोराछोरीलाई नेपालमै बसेर केही गर्नुपर्छ भनेर पाठ नसिकाउदा सरकारलाई क्षति पुगेको छ । एकातिर नेपालको यत्रो पैसा विदेशले लगिरहेको छ, अर्कोतिर पढेलेखेका देशका लागि योगदान गर्न सक्ने सबै बाहिर छन् । यसका मातहतका निकायको कारण पनि विदेशमा जानेको संख्या बढेको हो । शिक्षा मन्त्रालय राम्रा विद्यार्थी, देशका कर्णधारहरुलाई बाहिर जानको लागि आफ्नो लेटरप्याडमा छाप हान्छ । तर, उनीहरुलाई जान दिनुहुदैन्, देश विकास गर्न तिनै विद्यार्थीको खाँचो छ भनेर सोच्दैन् । सरकारलाई हामी पढ्न जाने हो एकदुई वर्षपछि हामी फर्किन्छौ भनेर उनीहरु यहाँबाट जान्छन् । तर, त्यहाँ पुगेपछि उनीहरु नेपाल फर्किदैनन् । नेपाली नागरिकता त्यागेर त्यही देशको नागरिकता लिन्छन् । आफुले कमाएको पैसापनि ती खर्च गर्छन्, नेपाल पठाउदैनन् । अर्कोतिर उसले नेपालमा भएको आफ्नो बाउआमा पनि लिएर जान्छ । बाबुआमाले जोडेको घरजग्गा, गाडीलगायतका सम्पत्ति बेचेर पनि त्यही मुलुकमा लिएर जान्छ । बाबुआमा जान नमानेको खण्डमा आफ्नो अंश माग्छन् त्यो पनि उही लान्छ ।

त्यहाँ पुगेपछि उसले आफ्नो नागरिकता बद्लिन्छ । तर, उसले नेपाललाई बिर्सिन्छ । फोहोरी देश भन्दै उसलाई नेपालको नाम लिन पनि घिन लाग्छ । नेपालको राजनिति ठिक छैन्, सरकारी कर्मचारीहरु ठिक छैनन् भन्दै आरोप लगाउने काम गर्छ । विकास छैन्, धुवाधुलो छ भन्दै नेपाललाई होच्याउने काम गर्दछ । यता, जसले आफ्नो छोराछोरीलाई बाहिर पठाउछ उसको शानबान नै छुट्टै हुन्छ । आफुले धेरै ठुलो काम गरेजस्तो मनशाय बाबुआमामा देखिन्छ । छिमेकीहरुको अगाडिजस्तो कोही छैन भनेर धाग देखाउने । तर, मर्दा र पर्दा त्यही छिमेकी चाहिन्छ भनेर उसले सोच्दैन् । भोलि बिरामी पप्यो भने छोराछोरी बाहिरबाट त आउदैनन् । चाहिने त छिमेकी नै हो भनेर उसले सोच्दैन् । मेरो छोराछोरी बाहिर छ मलाई पनि लगिहाल्छन् भन्ने उसको मनमा हुन्छ । जसको कारण उसले मान्छेलाई मान्छेको नजरबाट हेर्न छोड्छ । यता, सरकारले केही गर्न सकेन् भनेर सरकारलाई कोस्ने काम मात्र गर्दछ ।

राम्रो शिक्षाको बहाना बनाएर अरुको मुलुक नागरिक आफ्नो देशमा लैजाने विकसित मुलुकहरुको सोचाइ हो । अरुको देशको राम्रो विद्यार्थी ल्याउने, विभिन्न सेवासुविधा र प्रलोभन देखाएर त्यहीको नागरिक बनाउने । उनीहरुलाई आफ्नो देश विकासमा प्रयोग गर्ने विकसित मुलुकहरुको रणनिति हो । आज अरु देश विकसित हुनुको कारण पनि यही हो । उनीहरु आफ्नालाई बाहिर जान दिदैनन्, अरुलाई ल्याएर आफ्नो मुलुक समृद्ध बनाउछन् । पढ्न जाँदाखेरि कुनैपनि विद्यार्थीले खर्च गरेको पैसाले पनि उसले देशविकास गर्छ भने त्यहाँ गएर काम गरेर कमाएको पनि नेपाल पठाउन दिदैनन् । तर, नेपालका राजनितिक दलहरुले यो कुरा बुझेनन् । अझैपनि कोरोना सखाप भइसकेको छैन् । अर्थतन्त्रमा धक्का पुग्ने भएपछि अस्ट्रेलियाले लकडाउन खोल्यो । अहिले नेपाली विद्यार्थीहरु धमाधम पढ्नका लागि त्यहाँ गइरहेका छन् । बाबुआमाले घरजग्गा बेचेर भएपनि छोराछोरी बाहिर पठाइरहेका छन् । तर, भोलिको दिनमा यसको उपलब्धि के छ ? न देशको मुख फेरिन्छ न बाबुआमालाई चाहिएको बेला छोराछोरी साथमा हुन्छन् । यता, वर्षेनि ११ अर्ब रुपैंया बाहिर जाने नाममा खर्च गरिदाँ मुलुकलाई कति घाटा भइरहेको छ । नेपालको अर्थतन्त्र धरासायी हुनुको प्रमुख कारण विदेशिने मोह पनि हो ।

बाहिर जान खर्च गरिने रकमले मुलुकमै कुनै व्यापार व्यवसाय, उधोगहरु खोलेको भए नेपाल पनि समृद्ध बन्थ्यो । दक्ष जनशक्तिको अभावमा नेपालको विकास हुन सकेको छैन् । बाहिर जाने प्रवृत्तिले राष्ट्र र सबै नेपालीलाई ठुलो घाटा भएको छ । नेपाली नागरिकता त्याग्नेलाई नेपालबाट केही पनि लैजान दिनुहुन्न । उनीहरुको बाबुआमाको सम्पत्ति सरकारले राष्ट्रियकरण गनृुपर्छ । आफु बाहिर जाने, यहाँको सम्पत्ति पनि बेचेर लाने प्रवृत्तिमा रोक लगाउन सरकारले यो कदम चाल्नैपर्छ । विद्यार्थी आफ्नो सेवासुविधाका लागि विदेशिने, अनि नेपालमा भएको सम्पत्ति पनि बेचेर लैजाने खोज्ने । यसरी त नेपाल नै सखाप बन्न पुग्छ । नेपालबाट कति विद्यार्थी विदेश पलायन भए । तीमध्ये कति फर्किए, कति तीको नागरिक बने सरकारले यसको तथ्याङ सार्वजनिक गर्नुपर्छ । त्यहीको नागरिकता लिइसकेकाहरुको चलअचल सम्पत्ति रोक्का गर्ने निति बनाउनुपर्छ । सरकार अझैपनि कानमा तेल हालेर बस्ने हो भने नेपालको अर्थतन्त्र टाठ पल्टिन धेरै बेर लाग्दैन् ।

यस्तो पाराले नेपालको विकास पनि हुदैन् भने यहाँ बस्नेले पनि देशको मुहार फेरेको हेर्न पाउदैनन् । सरकारले पुराना नियमकानुन संशोधन गरेर राम्रा र दक्ष जनशक्तिहरु विदेश पलायन हुनबाट रोक लगाउनुपर्छ । यता, जसले मुलुकमै बसेर आफ्नो रगतपसिना बगाइरहेको छ त्यस्तालाई सरकारले थप प्रोत्साहन गर्नुपर्छ । सके राम्रो जागिर खान्छन्, नसके मजदुरी गर्छन् । उनीहरुले जस्तोसुकै काम गरेपनि मुलुकको विकास भइरहेको छ । यही बसेपछि उसले राज्यलाई कर तिर्छ, मर्दापर्दा आफ्नो आफन्तको साथमा हुन्छ । एउटा सानो पेशाव्यवसाय अंगालेपनि मुलुकलाई कति फाइदा हुन्छ । आम्दानीको स्रोत नभएकाहरुसंग राम्रो मुलुक जान आम्दानीको स्रोत हुदैन् ।

सरकारी विद्यालयमा पढेकाहरु खाडी मुलुक ताँक्ने गर्दछन् । त्यहाँ जान्छन्, दुईचार वर्ष कमाउछन्, मुलुकलाई उनीहरुले कर तिर्छन् र नेपाल फर्किन्छन् । देशविकासमा खाडी मुलुक जानेहरुको ठुलो योगदान छ । तर, विकसित मुलुक गएर सेवासुविधाको भोगी हुनेहरुले नेपालका लागि केही पनि गरेका छैनन् । राज्यले खाडी मुलुकमा गएकाहरुलाई सम्मान गर्नुपर्छ । उनीहरुलाई सरकारले थप प्रोत्साहन गर्नुपर्छ । खाडीमा बसेर रातदिन नभनी कमाएको पैसाले नेपालमै कुनै व्यापार व्यवसाय सञ्चालन गप्यो भने राज्यलाई कति फाइदा हुन्छ ? यता, राम्रा मुलुक छिरेकाबाट राज्यलाई क्षतिबाहेक अरु केही भएको छैन् ।

उता छोराछोरीलाई मोजमस्ती, यता बाबुआमालाई सास्ती । छोराछोरी नफर्किएपछि उसको बाबुआमाको जिम्मा राज्यले लिनुपर्छ । आफ्नो सुविधाका लागि बाबुआमा त्याग्ने छोराछोरीबाट अरुको के सिक पाउछन् । विदेश पलायन नै राज्यलाई बोझ बनेको छ । कतिपयले काम गर्न गाह्रो भएर आत्महत्या गरेको घटनाहरु पनि छन् । बाबुआमाले निल्नु न ओकल्नु गरेर मत्याएर राखेकाहरु त्यहाँ गएर काम गर्न सक्दैनन् । जसको कारण उनीहरुले आत्महत्याको बाटो रोज्छन् । यसबाट पनि राज्यलाई घाटा भइरहेको छ । तर, अस्ट्रलिया र अमेरिकालाई त फाइदा भएको छ । उसले आफ्नो विद्यार्थी गुमाएको होइन् । उल्टै यहाँबाट गएका विद्यार्थीहरुले तिरेको लाखौ रकमले उसले आफ्नो देशविकास गरेको छ । बाहिर जाने प्रवृत्तिले नेपालको शैक्षिक स्तरमाथि प्रश्न उठाएको छ ।

नेपाल सरकारले सहुलियत रुपमा पढ्ने वातावरणको विकास गर्नुपर्छ । नेपालको शिक्षालाई प्रयोगात्मक र जीवनसंग मेल खाने बनाउन जरुरी छ । यहाँपनि थुप्रै राम्रा शैक्षिक संस्थाहरु छन् । नेपालको विद्यार्थीहरुको भ्रम सरकारले चिर्नुपप्यो । राज्यले नेपाली विद्यार्थी बाहिर नपठाउने निर्णय गर्ने हो भने नेपालको अर्थतन्त्रमा सुधार हुन्छ । देशविकासमा पनि उसले योगदान पुप्याउछ । विदेशिने प्रवृत्तिमा रोक लगाएर देशको रुप फेर्नमा सरकार लागि पर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement