• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

तनहुँ समाज युकेले सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने

तनहुँ समाज युकेले सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने


  • ओएसनेपाल
  • जेष्ठ २६ २०७८, बुधबार
  • १:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 11.1K
    SHARES

    लण्डन, २६ जेठ- तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर एवं स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थाका अध्यक्ष लेख गुरुङले जानकारी दिनुभयो ।

    समाजले सो कार्यका लागि हालसम्म चार हजार ८८५ पाउण्ड उठाइसकेको छ । उक्त रकम स्थानीय नेपाल रेडक्रस सोसाइटीमार्फत जिल्ला उद्योग वाणिज्य सङ्घलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो । जिल्लाका अधिकांश ठाउँमा कोरोना सङ्क्रमण भएपछि सबैलाई न्यायोचित तथा समान वितरण होस् भनेर समाजले सबै स्थानीय तहलाई दिन खोजिएको र कोरोनाको अवस्था हेरी पुनः केही गर्नु परे संस्थाका सदस्यहरू तयार रहेको बताइएको छ । (रासस) :

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com