सहमतिमा सँगै रात बिताएकी युवतीले करणी गरेको आरोप लगाएपछि अदालतले सुनायो ३ वर्ष जेल सजाय — OSNepal

सहमतिमा सँगै रात बिताएकी युवतीले करणी गरेको आरोप लगाएपछि अदालतले सुनायो ३ वर्ष जेल सजाय

LC (KTM) March 30, 2022 0

काठमाडौँ । सहमतिमा यौ न स म्ब न्ध पछि ब ला त्का र आरोप लगाउने महिलाले मुक्ति पाउलान् ? त्यस्ता महिलालाई कडा भन्दा कडा सजाय दिन सुरु गरिएको छ । जसको पछिल्लो उदाहरण अछाममा देखिएको छ ।

घरमै आएका एक पाहुनासँग सहमतिमा यौ नस म्ब न्ध राखेपछि ब ला त्कार आरोप लगाएकी एक किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजायको फैसला सुनाएको हो । स्रैोतका अनुसार अछामको कमलबजारकी ती १९ वर्षीया किशोरीले बिहे प्रस्ताव लिएर घरमा आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि गम्भिर आरोप लगाएकी ति किशोरीलाई सजाय सुनाइएको हो ।

माघ १५ गते बिहेका लागि माग्न आएका ति युवक सो दिन त्यहीँ बसेका थिए । त्यस क्रममा किशोरीले प्रस्ताव राखेको बुझिाएको छ । तर पछि ति युवतीले आफूमाथि ब ला त्का र गरेको आरोपसहित जब र्जस्ती करणीमा जाहेरी दिएकी थिइन् । ति युवतीले बिहे नगर्ने त्रासले त्यस्तो आरोप लगाएको बयान दिएको बताइएको छ ।

सो रात एउटै कोठामा फरक फरक बिस्तारामा सुतेर राती सहमतीमा नै सम्बन्ध बनाएर बिहे पक्का नगरी आफन्तसहित घर फर्केका उनले आफन्तको नि धन भएको भन्दै तत्कालै बिहे नगर्ने केटा पक्षले बताएसँगै उनीविरुद्ध बलात्कार मुद्दा चलाइएको थियो ।

अदालतले केटा र केटीको बयान, आवश्यक प्रमाण र शा री रिक परीक्षणसहितको विवरणपछि युवतीलाई दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाएको हो । अदालतले यो मुद्दामा किशोरीलाई तीन वर्ष जेल सजाय तोक्दा ती २० वर्षीय पुरुषलाई भने सफाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर