बंगलादेशमा नेपाली रंगकर्मी पुडासैनीको प्रस्तुति — OSNepal

बंगलादेशमा नेपाली रंगकर्मी पुडासैनीको प्रस्तुति

LC (KTM) March 30, 2022 0

काठमाडौं, चैत १६ । बंगलादेशको ५० औं स्वतन्त्रता दिवस तथा त्यहाँका राष्ट्रपिता बंगबन्धुको जन्मजयन्तीको अवसरमा बंगलादेशको विश्विद्यालयमा भएको कार्यक्रममा नेपाली नाट्यसंस्था तथा रंगकर्मीले पनि सहभागिता जनाएको छ ।

जहाँगिरनगर विश्वविद्यालयको निमन्त्रणामा नेपालबाट वन वल्र्ड थिएटरले सहभागिता जनाउँदै नाटक मञ्चन गरेको हो । रंगकर्मी राजकुमार पुडासैनी निर्देशित तथा अभिनित अनिसुर रेहमान लिखित काव्यात्मक मनोवाद ‘म शेख मुजिब’ मञ्चन गरिएको हो ।

सो नाटक वन वल्र्ड थिएटरले सन् २०२० मा पहिलोपटक मञ्चन गरेको थियो । नाटकलाई नेपाली र अंग्रेजस्मा भाषामा तयार गरिएको थियो । सो नाटक बंगलादेशमा मञ्चन हुँदा केही प्रतिकात्मक संवाद बंगाली भाषमा पनि प्रस्तुत गरिएको थियो । जसका लागि विश्वविद्यालयका प्राध्यापक मोहिबुर रउफ शैबल, नवरिन निपु, रिदी बसाकले साथ दिएका थिए ।

साताव्यापी भ्रमणका क्रममा रंगकर्मी पुडासैनीले बंगलादेशमा कार्यशाला पनि सञ्चालन गर्ने वन वल्र्ड थिएटरले जनाएको छ । वन वल्र्ड थिएटर काठमाडौंमा सक्रिय नाट्य संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर