संसद विघटन सम्बन्धिको मुद्धाको सुनुवाई आज — OSNepal

संसद विघटन सम्बन्धिको मुद्धाको सुनुवाई आज

LC (KTM) June 09, 2021 0

काठमाडौं जेठ २६ । संसद विघटनविरुद्धको मुदाको सुनुवाई आज संवैधानिक इजलासमा हुने भएको छ । दुई दिन देखि सुनुवाई नभएको यस मुद्धामा आज भने सुनुवाई हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शेमसेर जवराको स्वास्थ्य समस्यामा आएका कारण इजलास बस्न नसकेको हो ।

प्रधानन्यायाधीश जवराको नेतृत्वमा वरिष्ठताको आधारमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको इजलासमा सहभागी रहेको छ । आइतबार पनि इजलास गठनकै विषयलाई लिएर विवाद भएपछि सुनुवाई भएको थिएन ।

सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ७ गते मध्यराति संसद विघटन गरेर आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर