लगानीको ३० प्रतिशत आम्दानी हुने प्रलोभनमा फसिन् यि बलिउड अभिनेत्री , ४ करोड १४ लाख खाएर ब्यापारी भए फरार — OSNepal

लगानीको ३० प्रतिशत आम्दानी हुने प्रलोभनमा फसिन् यि बलिउड अभिनेत्री , ४ करोड १४ लाख खाएर ब्यापारी भए फरार

LC (KTM) March 31, 2022 0

बलिउड अभिनेत्री रिमी सेनले गोरेगाउँका एक व्यापारीविरुद्ध उजुरी दिएकी छन् । रिमीले रौनक जतिन व्यास नाम गरेका व्यक्तिले ४ करोड १४ लाख ठगी गरेको आरोप लगाएकी छन् । उक्त व्यक्तिले लगानीको नाममा पैसा लिएको रिमीले बताईन् । खार प्रहरीले रौनक विरुद्ध आईपीसीको धारा ४२० र ४०९ अन्तर्गत उजुरी दर्ता गरेको छ। दोषीको खोजी भइरहेको छ ।

रौनक व्यासले २८ देखि ३० प्रतिशत नाफाको प्रलोभनमा रिमी सेनसँग ४.१४ करोड रुपैयाँ लिएको बताइएको छ । उनले यो पैसा रिमीको प्रोडक्सन हाउसमार्फत नयाँ व्यापारका लागि लिएका हुन् । बदलामा पैसा नपाएको रिमी बताउँछिन् । त्यसयता व्यवसायीले आफूसँग सबै प्रकारले बोल्न छाडेको पनि उनले बताईन् । रिमीका अनुसार यो सबै २०१९ मा रौनकलाई अँधेरीको जिममा भेट्दा सुरु भएको हो ।यस मामिलामा रिमी सेनले रौनकको यो अफर आफ्नो व्यापारिक साझेदारबाट लिएको प्रहरीले जनाएको छ ।

त्यसपछि उनले आफ्नो प्रोडक्सन हाउसमार्फत उनीसँग सम्झौता गरेकि थिईन् । त्यतिबेला रौनकले सुरक्षाको नाममा रिमीलाई ३ करोड ५० लाख रुपैयाँ दिएका थिए । फेब्रुअरी २०१९ देखि जुलाई २०१९ सम्म रिमी सेनले व्यासको फर्ममा एक करोड रुपैयाँ राखिन् । त्यसपछि व्यासले उनलाई ४० प्रतिशत फिर्ता दिने वाचा गरे ।यसपछि अक्टोबर २०१९ देखि नोभेम्बर २०२० सम्म रिमीले थप ३.१४ करोड रुपैयाँ जम्मा गरिन् ।

अब प्रतिज्ञाको समयमा रिमी सेनले पैसा नपाएपछि उनले रौनक व्याससँग सोधिन् । त्यसपछि व्यासले उनलाई केही बहाना बनाएर टारिदिए । त्यसपछि सन् २०२० मार्चमा व्यासको पछि परेपछि रिमीले उनीबाट तीन लाख रुपैयाँ लिएकी थिइन् । त्यसयता उनले पैसा पाएकि छैनन् । विचलित भएर रिमीले व्यासलाई दिएको ३.५० करोडको चेक जम्मा गरेपछि उनको बैंक खाता बन्द भएको थाहा भयो । त्यसपछि रिमीले व्यासले कुनै पनि व्यवसायिक परियोजना सुरु नगरेको थाहा भयो । त्यसपछि उनले घटनाबारे प्रहरीलाई जानकारी गराएकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर