‘ई–पासपोर्ट ’वितरण सुरु — OSNepal

‘ई–पासपोर्ट ’वितरण सुरु

LC (KTM) March 31, 2022 0

जुम्ला- जुम्लाबाट विद्युतीय राहदानी ( ई– पासपोर्ट) सेवा दिन थालिएपछि सेवाग्राहीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालय ले विद्युतीय राहदानी वितरण सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसार्इंले जानकारी दिनुभयो ।

जिल्लाबाटै विद्युतीय राहदानी दर्ता गर्ने तथा वितरण गर्न थालेपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रशासनले जनाएको छ । राहदानी बनाउन यसअघि कम्तीमा तीन महिना लाग्ने लाग्ने गरेकोमा अब एक महिनाभित्रै राहदानी आइपुग्ने भएको छ ।

पहिलो चरणमा दैनिक ५ देखि १० जनासम्मलाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको हो । सेवा सुरु भएपछि पहिलो ग्राहकको रुपमा चन्दननाथ नगरपालिका– ७ कि हिमाली कठायतले ई–पासपोर्टको लागि आवेदन दिएकी छन् । गत मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी वितरणलाई सरकारले देशव्यापी बनाउँदै लगेको छ ।यससँगै कर्णाली प्रदेशका दस जिल्लामा मध्य अब ई–पासपोर्ट सेवा सुरु हुने जिल्लाको सङ्ख्या आठ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर