फ्रान्सेली राष्ट्रपतिलाई एक व्यक्तिले हाने सार्वजनिक स्थानमै गालामा थप्पड — OSNepal

फ्रान्सेली राष्ट्रपतिलाई एक व्यक्तिले हाने सार्वजनिक स्थानमै गालामा थप्पड

LC (KTM) June 09, 2021 0

पेरिस, २५ जेठ-फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् । बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।

सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको जनाउँदै राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताएको छ । (रासस–एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर