२८ वर्षमा सहसचिव बनेकी लोक सेवाकी टपर टीनाले यी हाकिमसँग गर्ने भइन् दोस्रो विवाह — OSNepal

२८ वर्षमा सहसचिव बनेकी लोक सेवाकी टपर टीनाले यी हाकिमसँग गर्ने भइन् दोस्रो विवाह

LC (KTM) March 31, 2022 0

२८ वर्षमा सहसचिव बनेकी लोक सेवाकी टपर टीनाले यी हाकिमसँग गर्ने भइन् दोस्रो विवाह, दिनेछिन् भव्य पार्टी

काठमाडौं । २८ वर्षमा सहसचिव रु त्यो पनि टपर रु सुन्दा अचम्म लाग्छ तर खबर सत्य हो । खबर हो भारतको ।

भारत, राजस्थानको अर्थ विभागकी सहसचिव टीना दाबीले २८ वर्षको उमेरमा नाम र दाम मात्रै कमाइनन् पारिवारिक समस्याका कारण पनि चर्चामा आइन् ।

सन् २०१८ मा आफ्नै ब्याचका आईएएस अफिसर अतहर अमिरसँग विवाह गरेकी टिनाले राजस्थानका आईएएस प्रदीप गावण्डेलाई आफ्नो नयाँ जीवनसाथी रोजेका छिन् । सन् २०१३ ब्याचका गावण्डे हाल राजस्थानको पुरातत्व तथा संग्रहालय विभागमा निर्देशक छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने टीना डाबीले आफ्नो नयाँ जीवनसाथीसँग धेरै तस्विर शेयर गरेकी छिन् । विबाहको प्रसंग चर्चामा आएसँगै आईएएस टिनाले प्रदीप गावण्डेसँगको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘तिमीले दिएको मुस्कान मैले लगाएकी छु ।’

त्यसपछि उनीहरुको बिहेको चर्चा सुरु भयो । डाबी र गावण्डेको विवाह अप्रिलमा हुनेछ । उनीहरुले २२ अप्रिलमा जयपुरको एक होटलमा विवाह पार्टी दिनेछन् । टीनाले यसअघि सन् २०१८ मा आफ्नै ब्याचका आईएएस अफिसर अतहर अमिरसँग विवाह गरेकी थिइन् ।

यद्यपि, टीना र अतरले नोभेम्बर २०२० मा जयपुरको पारिवारिक अदालतमा स’म्ब’न्धवि’च्छेदको आवेदन दिएर एकअर्काबाट अलग हुने निर्णय गरेका थिए, त्यसपछि अदालतले अगस्ट २०२१ मा स’म्ब’न्धवि’च्छेदलाई स्वीकृत गरेको थियो ।

टीना डाबी सन् २०१५ मा आइएएस टपर भएदेखि नै चर्चामा आएकी थिइन् । त्यसपछि उनले सामाजिक सञ्जालमा विभिन्न प्रेरक पोस्ट सेयर गर्ने गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर