नेपालमा नै भेटिएको ३०० वर्ष पुरानो समीको रुख दक्षिण एसियाकै ठुलो — OSNepal

नेपालमा नै भेटिएको ३०० वर्ष पुरानो समीको रुख दक्षिण एसियाकै ठुलो

LC (KTM) April 01, 2022 0

गाउँ घरमा ठूला ठूला समीका रुख देख्नु भएको छ रु आज हामी ति ठूला रुख भन्दा पनि अर्को ठूलो रुखको कुरा गर्दैछौँ ।

जुन रुख नेपालमा नै छ र यो दक्षिण एसियाकै ठुलो समीको रुख हो । जुन गोरखाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएको स्थानियहरूले दावी गरेका छन् ।

फुजेलमा रहेको समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हो । फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा संरक्षण गरेका छन्।

करिब ३०० वर्ष पुरानो अनुमान गरिएको उक्त रुखलाई धार्मिक दृष्ट्रिकोणबाट पनि निकै महत्वपुर्ण मान्ने गरिएको पाईन्छ ।रुखको फेदमा सत्यदेवीको मन्दिर रहेकाले पनि यसलाई धार्मिक रुपले पनि महत्वपुर्ण मानिएको हो ।

यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यो रुख नै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने स्थानियहरुको दावी गरेका छन् ।अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लागि परका छन्।

फुजेल पुग्ने जो कोही मानिस पनि यो रुख देखेर अचम्ममा पर्ने गरेका छन् । अहिले उक्त समीको रुख हेर्ने मानिसहरुको भिड लाग्ने गरेको छ।

यहाँ आउने जो कोही मानिस पनि सो रुखको फोटो खिच्न लालाहीत हुने गरेका छन् । हेर्दा अनौठो लाग्ने सो रुखको संरक्षण र पर्यटकलाई आकर्षित गर्न भन्दै स्थानियहरुले पहल समेत सुरु गरेका छन् ।

स्थानियले रुखको वरिपरी जनश्रमदानमा काँडेतार लागाउनुको साथै शौचालय र पिउने पानीको समेत व्यवस्था गरेका छन् । रुखमा सर्प जस्ता लगायत अन्य अनौठा आकृति देखिने भएकाले पनि यस प्रति सबैको चासो बढ्न थालेको छ ।

सडक संजालसंग जोडिएको उक्त ठाऊँ गोरखाबाट भौगोलिक रुपमा करिब १०० किलोमिटरको दुरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर