स्थानीयले गरे मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता — OSNepal

स्थानीयले गरे मुड्खु–ककनी सडकखण्ड अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता

LC (KTM) April 01, 2022 0

काठमाडौं, १८ चैत – मुड्खु–ककनी सडकखण्ड पिचको माग गर्दै स्थानियले तिनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका छन् ।

स्थानियको अवरोधका कारण नुवाकोट तर्फ जाने फोहोरका टिपरहरूलाई तिनपिप्लेबाटै फिर्ता पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बल्खु पुलबाट सुन्दरीघाटजाने सडकमा ग्याभ्रलिङको काम भइरहेका कारण उक्त स्थानमा संचालन हुने सवारी साधन प्रभावित भएका छन् ।

ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने आउने सवारी साधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–ईमाडोल—ग्वार्को हुँदै संचालन गरिएको छ ।

उक्त स्थानमा सडक मर्मतका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर