नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने — OSNepal

नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

LC (KTM) April 01, 2022 0

जनकपुर, १८ चैत – नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् ।

उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।

‘भोली १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले न्युज कारखानासँग भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।’

उनका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर