सुभाष पुरीको प्रस्तुतिमा तयार ‘हाँगाको फूल’मा समीक्षा अधिकारी सलल बगिन् , हेर्नुहोस् भिडियो — OSNepal

सुभाष पुरीको प्रस्तुतिमा तयार ‘हाँगाको फूल’मा समीक्षा अधिकारी सलल बगिन् , हेर्नुहोस् भिडियो

LC (KTM) April 01, 2022 0

काठमाडौं । चर्चित गीत ‘कुरा काट्ने मान्छेले काटुन्’का गायक सुभाष पुरीको प्रस्तुतिमा अर्को नयाँ गीत ‘हाँगाको फूल’को म्युजिक भिडियो बजारमा आएको छ ।

गायिका समीक्षा अधिकारीको आवाजमा रहेको ‘हाँगाको फूल’ले प्रेमका नाममा प्रेमिकालाई धोका दिने युवा जमातहरुको मार्मिक र यथार्थ विषयलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

प्रेमीलाई आफ्नै ठानेर मनको घडेरी दिएपनि समयसँगै प्रेमी फेरिएको र बीच बाटोमा नै धोका दिएको कथालाई निर्देशक बिक्रम चौहानले गज्जबसँग भिडियोमा प्रस्तुत गरेका छन् । भिडियोमा टिकटकबाट चर्चा कमाएकी सुन्दरी मोडल बिना राउत र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

दिनेशराज पुरीको शब्द सिर्जनामा नबिन कार्कीको संगीत रहेको गीतको छायांकन प्रकाश खड्काले गरेका हुन्, भने मिलन बिकले सम्पादन गरेका हुन् ।

केही समयअघि मात्रै गायक सुभाष पुरी र गायिका समीक्षा अधिकारीको आवाजमा ‘बजाई देउ’ बोलको गीत बजारमा आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement