हल्दिवारीका टोलटोलमा निशुल्क वाईफाई — OSNepal

हल्दिवारीका टोलटोलमा निशुल्क वाईफाई

LC (KTM) April 02, 2022 0

हल्दिवारी – झापाको हल्दिवारी गाउँपालिका वडा न । २ ले ५ बर्षमा १५१ वटा वाईफाई जडान गरेको छ। २०७४ मा निर्वाचित भएर आएपछि वडा अध्यक्ष राजेन्द्र योङहाङको नेतृत्वमा ” एक गाउँ ,एक ठाउँ वाईफाई जडान “ कार्यक्रम अनुसार २ न। वडाका १५१ स्थानमा वाईफाई जडान गरिएको हो ।

वडा अध्यक्ष योङहाङ्का अनुसार अति विपन्न ,गरिव ,दलित ,सन्थाल ,राजवन्सी समुदायलाई सूचनाको पहुँच पुर्याउने उदेश्यले वाईफाई जडान गरिएको हो । उनका अनुसार कृषि सूचना प्रचारप्रसार , विद्यार्थीलाई अनलाइन पठनपाठनमा सहयोग तथा गाउँपालिका र वडाको गतिविधिको सूचनाको पहुँच गर्न वाईफाई जडान गरिदिएको हो ।

वाईफाई जडान गर्दा समुदायको साझेदारी कार्यक्रम अनुसार ८० प्रतिशत वडाले र २० प्रतिशत जनसहभागिता अनुसार काम गरिएको बताईएको छ।२०७४ को स्थानीय तह निर्वाचनमा बिजय हासिल गरेका योङहाङ सहितको टिमले वाईफाई जडान , मजदुरहरुका लागि स्वास्थ्य विमा , निशुल्क एम्बुलेन्स सेवा , टोलटोलमा सडक बत्ति जडान गरेर उदाहरणीय काम गरेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर