गीतकार प्रेम चौँलागाईको ‘घुम्न जाउँला ईलाम कन्याम’मा रचना र शुशिलको स्वर – OSNepal

गीतकार प्रेम चौँलागाईको ‘घुम्न जाउँला ईलाम कन्याम’मा रचना र शुशिलको स्वर

Osnepal April 03, 2022 0

काठमाडौँ । सुन्दर नगरी इलाम घुम्न जान कसलाई मन नलाग्ला ? पूर्वी नेपालको सुन्दर नगरी इलामको महिमा बयान गरिएको मिठो गीत लिएर आएकी छिन् बहुचर्चित गायिका रचना रिमाल ।

रचना र शुशिल भट्टराईको समुधर स्वरले भरिएको पुर्वेली भाकाको मनछुने घुम्न जाउँला ईलाम कन्याम स्वर्ग जस्तै ठाउँ बोलको गीतका शब्द शृजना हुन् प्रेम चौँलागाईका ।

अमेरिकामा रहेर नेपाली गीत संगीत र नेपाली माटोलाई गीत माफ प्रेम दर्शाइरहेका प्रेम एकपछि अर्को शृजना ल्याई रहने स्रस्टा हुन् ।

बिनोद गहतराजको संगीत रहेको यो गीतले ईलामको सौन्दर्यताको बर्णन मात्र गरेको छैन बिभिन्न प्रसिद्ध ठाउँको बारेमा जानकारी समेत दिएको छ ।

गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ईलामको बिभिन्न ठाउँको सुन्दर दृश्यहरु समाबेश गरिएको यस गीतलाई सुमन तामांगले निर्देशन गरेका छन् भने देबराज सिग्देलले छायाँकनको काम गरेका छन् ।

गीतमा योगेन्द्र राई, जेनिसा गिरी, रोशित कर्मचार्य, प्रकृति केसी , शुशील भट्टराई, सेबिका कार्की, बिनोद गहतराज, सिर्जना तामांग लगायतका कलाकारहरुको बेजोड अभिनय देख्न सकिन्छ । प्रेम आदित्य म्युजिक नामको युटुब बाट यो गीत सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement