मुख्यमन्त्री राईमाथि सांसद र जनता ठगेको आरोप — OSNepal

मुख्यमन्त्री राईमाथि सांसद र जनता ठगेको आरोप

LC (KTM) June 09, 2021 0

विराटनगर २६ जेठ । नेकपा एमालेको सत्ता पक्षको नेतृत्व रहेको प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा अब विपक्षी गठबन्धनको तर्फबाट अविश्वासको प्रस्ताव आउन सक्ने भएकोह छ । प्रदेशका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सांसद केदार कार्कीले सरकार चलाउन नसके अरुलाई नै सरकार चलाउन दिन मुख्यमन्त्री राईलाई आग्रह गरेका छन् ।

आज बुधबार प्रदेश सभाको बैठकमा विशेष समयमा सांसद कार्कीले भने, “सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकार विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरिएको छ । मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनुभएको छ । बरु, आफू काम गर्न सक्नु हुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्” ।

जनताप्रति जिम्मेवार बन्न नसक्ने काठमाडौँ मात्र धाउन व्यस्त राईले सरकारको नेतृत्व निभाउन नसकेको कार्कीको दावी रहेको छ । “मन्त्रीहरु काठमाडौं जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउनपर्छ । जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दै छ ”उनले भने ।

मुख्यमन्त्री राईमाथि सांसद र जनता ठगेको आरोप लगाएका कार्कीले कोरोनाका उपचार गर्न छुट्टाएको ५० करोड रकम कता गयो भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर