प्रदेश सांसदहरुले यसो भनेपछि मुख्यमन्त्री राउतले आफ्नो गल्ती स्विकार गरे — OSNepal

प्रदेश सांसदहरुले यसो भनेपछि मुख्यमन्त्री राउतले आफ्नो गल्ती स्विकार गरे

LC (KTM) June 09, 2021 0

जनकपुरधाम २६ जेठ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सांसदहरुको योजना समावे गर्न कमजोरी भएको स्विकार गरेका छन् । सर्सत अनुदानको विषयलाई लिएर हिजो प्रदेश सभाको बैठका सांसदहरुले अवरुद्ध गरेका थिए ।

आज मुख्यमन्त्री लालबाबु राउत ससर्त अनुदान सम्बन्धमा प्रदेश सांसदहरुको माग सम्बोधन हुने आश्वासन दिए पश्चात बैठक सुचारु भएको हो । “सरकारबाट त्रुटि भएको छ । हामी यसलाई सुधार गर्छौँ” मुख्यमन्त्री राउतले भने । सकिन्छ भने चालु वर्षमा पनि सुधार गरौँ, होइन भने अगामी वर्षदेखि त्यसप्रकारको गल्ती नदोहोर्‍याऊँ भन्दै राउतले प्रदेशका अर्थमन्त्री र कानुनमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सर्सत अनुदानको रकम र योजना कार्यकर्तामुखी नभएको र स्थानीय तहमा कार्यकर्ताको हिसाबले नगएको पनि मुख्यमन्त्री राउतले स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर