क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा — OSNepal

क्यारी लामद्वारा हङकङको प्रमुख कार्यकारीमा नदोहिरिने घोषणा

LC (KTM) April 05, 2022 0

हङकङ- हङकङकी नेतृ क्यारी लामले दोस्रो कार्यकालका लागि उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ । विवादले भरिएको पहिलो कार्यकालको पृष्ठभूमिमा उहाँले आफू दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा नजाने घोषणा गर्नुभएको हो ।

उहाँ हङकङकी प्रमुख कार्यकारी निर्वाचित भएपछि आफ्नो कार्यकालभरी हङकङमा विपक्षी समूहहरूले उहाँमाथि विभिन्न आरोप लगाउँदै ठूलो प्रदर्शन भएको थियो ।

६४ वर्षीय लाम सन् २०१७ मा हङकङको नेतृत्वमा आएको मानिन्छ । आफ्नो परिवारलाई समय दिनका लागि दोस्रो कार्यकाल सेवामा नरहने उहाँले बताउनुभएको हो । हालका प्रमुख सचिव जोन लीले लामको स्थान लिने अनुमान गरिएको छ । १५ सयजना रहेको एक कमिटीले हङकङको प्रमुख कार्यकारी चयन गर्ने परम्परा रहेको छ । उनीहरुले आउँदो महिना (मे) मा नयाँ नेता चयन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर