नेपाल बरु अध्यक्ष प्रचण्डसँग सहकार्य गर्ने तर ओली तिर नजाने — OSNepal

नेपाल बरु अध्यक्ष प्रचण्डसँग सहकार्य गर्ने तर ओली तिर नजाने

LC (KTM) June 09, 2021 0

काठमाडौं २६ जेठ । नेकपा पार्टीबाट निष्काशनमा परेका वरिष्ठ नेता माधव नेपाल अब नेकपा एमालेमा नफर्किने बुझिएको छ । उनको निकट स्रोतका अनुसार नेपाल एमालेमा नगई माओवादी केन्द्रसँग मिल्ने यता नयाँ दल खोल्ने तयारीमा लागेको जनाइएको छ ।

नवौँ महाधिवेशनबाट निर्वाचित आधा पदाधिकारीको साथ पाएका नेपालले यसअघि नै नयाँ दल खोल्ने घोषणा गरिसकेका छन् । ऋषि कट्टेल नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी सँग सहकार्य गरी प्रचण्ड र नेपालको नेतृत्व बनाउन पनि अघि रेका नेपालको शर्त कट्टेलले भने मान्छन् या मान्दैन यो भने निश्चित भएको छैन । पार्टी फुटको अवस्थामा रहेको एमालेका दोस्रो तहका नेताहरु भने शिर्ष नेताहरुलाई सहमत गराउन लागि परेका छन् ।

साथै दोस्रो तहका नेताहरुको हिजो भएको छलफलका अध्यक्ष केपी ओली , वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल , वामदेव गौतम र ईश्वर पोखरेललाई अब अभिभावकको भूमिकामा राख्नुपर्ने प्रस्ताव तयार गरेका छन् भने पार्टी अब युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने पनि उनीहरुको जोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर