फाइजरको खोपबाट १२ बर्ष भन्दा कम उमेरका विश्वका करोडौं बालबालिका लाभान्वित हुने — OSNepal

फाइजरको खोपबाट १२ बर्ष भन्दा कम उमेरका विश्वका करोडौं बालबालिका लाभान्वित हुने

LC (KTM) June 09, 2021 0

एजेन्सी । अमेरिकी कम्पनी फाइजरले १२ बर्ष भन्दा कम उमेरका बालबालिकामा पनि कोरोना खोपको परिक्षण शुरु गरेको छ । परिक्षण का लागी अमेरिकाले फिन्ल्याण्ड, पोल्याण्ड र स्पेनबाट ४ हजार ५ सय बालबालिकालाई सामेल गरेको बताइएको छ ।परिक्षणका लागि पहिलो चरणमा स–साना बालबालिका लागि अलग अलग डोज दिइने छ ।

ती बालबालिकामा गरिएको परिक्षण सफल भएमा विश्वका करोडौं बालबालिका लाभान्वित हुने फाइजर कम्पनी बताएको छ । फाइजरले जर्मन पार्टनर बायोटेकको सम्वन्यमा कोरोना विरुद्धको खोप निर्माण गरेको हो ।यस कम्पनीले यसअघि अमेरिका र युरोपेली संघका १२ बर्ष भन्दा बढी उमेर समुहका लागि लगाउन अनुमति दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर