फिल्म ‘लक्का जवान’को ट्रेलर बाहिरियो — OSNepal

फिल्म ‘लक्का जवान’को ट्रेलर बाहिरियो

LC (KTM) April 05, 2022 0

काठमाडौं । चर्चित हाँस्यकलाकार शिवहरि पौड्याल निर्देशनमा तयार भएको फिल्म ‘लक्का जवान’को ट्रेलर बाहिरिएको छ ।

चर्चित कलाकारहरु सरोज खनाल, प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय रहेको फिल्म वैशाख २३ गते रिलिज गर्ने तयारी निर्माण यूनिटले गरेको छ ।

कमेडी ड्रामा फिल्ममा किरण केसी, अन्सुया श्रेष्ठ, शिवहरि, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको निर्माण रहेको छ । हाँस्यशृखलॉजिरे खुर्सानी’को निर्देशन गरेर चर्चा कमाएका शिवहरिको पहिलो फिचर फिल्मलाई प्रतिक्षित फिल्मका रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर