दाहिने खुट्टा काटेर उपचार गर्दै गरेका न्यौपानेको उपचारका लागि सहयोग गर्दै मन्त्री आले — OSNepal

दाहिने खुट्टा काटेर उपचार गर्दै गरेका न्यौपानेको उपचारका लागि सहयोग गर्दै मन्त्री आले

LC (KTM) April 05, 2022 0

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कैलालीको लम्कीचुहाँ नगरपालिका–७ का २९ वर्षीय गङ्गाप्रसाद न्यौपानेको उपचारका लागि आर्थिक सहयोग दिँदै । खुट्टा भाँचिएर कुहिँदा उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा दाहिने खुट्टा काटेर उपचार गरिँदै छ । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

वीरगञ्जलाई विकसित सहरका रूपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशकै आर्थिक नगरी वीरगञ्जलाई विकसित सहरका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले पर्साद्वारा आज वीरगञ्जमा आयोजना गरिएको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले वीरगञ्जलाई रिङरोडसहितको नमूना र विकसित सहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विदेशी मुद्राको सञ्चितिमा देखिएको कमीका कारण मुलुकभित्रको उद्योग व्यवसाय सञ्चालनमा व्यापारीले समस्या भोग्नुपरेको विचार व्यक्त गर्नुभयो । उहाँले सरकारको भण्डारमा देखिएको अमेरिकी डलरलगायतका विदेशी मुद्राको कमीका कारण विदेशबाट मालसामान खरिद गर्न व्यापारीलाई ठूलो समस्या भएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीका अनुसार मुलुकमा देखिएको आर्थिक तरलताको कमजोर अवस्थाले एकातर्फ उद्योगपति व्यापारी समस्यामा छन् भने अर्कोतर्फ विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी नपाएर निर्माण व्यापारी मारमा परेका छन् । उहाँले देशलाई आधुनिकीकरण गरेर डिजिटल नेपाल बनाउने काम नेकपा एमालेले गर्ने हुँदा आउँदो निर्वाचनमा पुनः एमालेलाई भारी मतका साथ विजयी बनाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर