कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले बनाए ७ मन्त्रालयलाई ११ मन्त्रालयल — OSNepal

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले बनाए ७ मन्त्रालयलाई ११ मन्त्रालयल

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । प्रदेश २ मा ७ वटा मन्त्रालय फुटाएर ११ वटा बनाइएको छ । जनता समाजवादी पार्टीका लालबाबु राउत मुख्यमन्त्री रहेको यस प्रदेशमा कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन ११ मन्त्रालय बनाइएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई टुक्राएर एउटा आन्तरिक मामिला र सञ्चार तथा अर्को कानून न्याय तथा प्रदेश सभा मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर महिला बालबालिका, युवा र खेलकुद मन्त्रालय बनाइएको छ ।

जसपाका अध्यक्ष महज्थ ठाकुर पक्ष सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा आउन आग्रह गरेपछि कांग्रेसले ५ र माओवादी केन्द्रले ३ मन्त्रालय मागेकाले मन्त्रालय फुटाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर