हेर्नुहोस् तपाईको आजको राशिफल : कर्कटलाई माैन रहन भलाे हुने, सिंहलाई आफन्तबाट आर्थिक सहयाेग प्राप्त हुने — OSNepal

हेर्नुहोस् तपाईको आजको राशिफल : कर्कटलाई माैन रहन भलाे हुने, सिंहलाई आफन्तबाट आर्थिक सहयाेग प्राप्त हुने

LC (KTM) April 06, 2022 0

काठमाडाैं, २३ चैत – २३ चैत, ०७८, बुधबार । तद्नुसार अप्रिल ६, २०२२ । चैतशुक्लपक्ष पञ्चमी, बालब करण, रोहिणी नक्षत्र, आयुष्मान योग, चन्द्रमा वृष राशिमा रहेको छ । आज मध्याह्न ११ः४२ देखि १२ः३२ सम्म अभिजित मुहूर्त रहेको छ । बुधबारको दिन गृहस्थसम्बन्धी कार्य गर्दा शुभ मानिन्छ । आज बिहान सूर्योदय ५ः५१मा हुनेछ भने १८ः२३ मा सूर्यास्त । आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । त्यसैले आजको दिन शुभकर्मका लागि उत्तम दिन मानिएको छ । आजको दिन व्रतबन्धको शुभ साइत छ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिको जातकका लागि आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्छ । खर्च हुने काममा ध्यान पुर्‍याउनुहाेला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीको समीक्षा गर्नुपर्ने हुन्छ । आफन्तजनले सम्मान गर्नेछन् । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईंमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईंका लागि अपजस आउनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईंले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवश्य प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु बेस हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ छ-तपाईंले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईंको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईंले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला । तपाईंले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईंमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : व्यापारबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकका लागि आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईंको उन्नती र प्रगतिका बाटो खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नुअघि एकपटक सोच्नुहोला । यात्रा गर्नुछ भने पूर्वतर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यबीच विवाद हुनसक्छ त्यसैले वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकका लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईं आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु बेस हुनेछ । तपाईंका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईंको कामको अबमूल्यन गर्नसक्छन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : स्वास्थ्यमा समस्या छ भने पनि निको हुँदै जानेछ । विहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनुपर्ने हुनसक्छ । आजको दिन तपाईंले हरेक कामा सर्तकता अप्नाउनुहोला । आफूले गरेको कामबाट तपाईंलाई निकै सन्तुष्टी मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर