लागु औषध बिरुद्दको नेपाल प्रहरीको अभियानले बेलौरीमा गति लिदै, एसपी श्याम चौधरी नेतृत्वको टिम सकृय – OSNepal

लागु औषध बिरुद्दको नेपाल प्रहरीको अभियानले बेलौरीमा गति लिदै, एसपी श्याम चौधरी नेतृत्वको टिम सकृय

HB Tamrakar (KTM) April 06, 2022 0

ओएसनेपाल, काठ्माण्डौ। नेपाल प्रहरी संगठनको महत्वपूर्ण अभियान भित्र नेपालको सिमानामा युवाहरुको सकृयतामा हुने लागु औषधको जालोलाई कम गर्नु हो । यो अभियानले अहिले कंञ्चनपूरको बेलौरीमा तिब्रता पाईरहेको छ ।कंञ्चनपूर प्रहरी प्रमुख एसपी श्याम चौधरीको नेतृत्वमा सवै युनिटहरुमा प्रहरी जवानहरु तैनाथ छन् ।

पछिल्लो समय लागु औषधको कारोबार कम हुदै गइरहेकोमा बेलौरी ईप्रका प्रहरी प्रमुख कमल खड्काको महत्वपूर्ण भूमिका रहेको छ । केही समय अगाडी ओएसनेपाल का अन्तराष्ट्रीय डाईरेक्टर एचबी ताम्राकार ईप्रका मैं पुगेर प्रमुख खड्कासंग त्यहॉं को बारेमा जानकारी लिएका थिए ।

एक उत्कृष्ट प्रहरी को रुपमा कमल खड्का चिनिन्छन् । जनस्थरको मायॉं र सहयोग ले प्रहरी लाई काम गर्न थप हौसला प्रदान भएकाले यो ठाउँमा युवाहरु ग़लत ठाउँमा जानबाट रोक्न सजिलो भएको बताउन्छन् ।

उनको नेतृत्व मा स्कुल र कलेजमा पछिल्लो समय लागु औषतबारे सचेत गराउने र प्रहरीको अभियानमा अध्ययन गरिरहेका विधार्थीहरुलाई पनि सहयोग गर्न हौसला दिने कार्यमा कमल खड्का सकृय छन् ।

लागु औषध बिरुद्दको नेपाल प्रहरीको अभियान कंञ्चनपूर मा गति लिनुको पछाडी कंञ्चनपूर प्रहरी प्रमुख श्याम चौधरीको कुशल नेतृत्व र हौसला दिने आधार नै हो । यो अभियानमा नेतृत्व बाट पाएको सहयोग र समर्थन नै गति लिने प्रमुख माध्यम भएको प्रष्ट पार्छन कमल खड्का ।

Proactive Policing को अभिन्न पाटो समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बेलौरी न.पा. स्थित बिभिन्न माध्यामिक तह पढाई हुने बिद्यालयहरुमा लागु औषध कसुर र कानुनी ब्यावस्थाका बारेमा सचेतना प्रदान गर्नुहुदै यस ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्का  निरन्तर सकृय भएर फिल्डमा खटिरहेका छन् ।

लागु औषधको कुलतबाट आफु पनि बचौ अरुलाई पनि बचाऔ-“SAY NO TO DRUG” भन्दै टोल टोल , गाउगाउ र स्कुल देखी कलेजसम्मको यात्रा रहेका कमल खड्का सहितका तस्विरहरु नै काफ़ी छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement