कामदारहरुको न्याय कसले सुनिश्चित गर्ने ? – OSNepal

कामदारहरुको न्याय कसले सुनिश्चित गर्ने ?

Osnepal Admin (KTM) April 06, 2022 0

अनुसा थापा- बजारमा भएको आर्थिक तरलताको बहाना बनाउदै विभिन्न संघसंस्था, निजी वित्तिय संस्था, होटल, पसल, घरायसी काम गर्नेहरुलाई धमाधम रोजगारीबाट निकालिदै छ । काम लाउने साहुहरुको एउटै भनाइ अब हामी तलब दिन सक्दैनौ । हाम्रो पसल, संस्था, होटल नै धरासायी बन्ने स्थितिमा आइसक्यो । हिजो आफुलाई नाफा हुनुञ्जेल थोरै तलब दिएर कामदार दलाउने । अहिले आफ्नो आम्दानी भन्नेबित्तिकै कामबाट निकाल्ने । मुलुकमा ऐन कानुन छैन् ? कामदारका लागि सरकार छैन् ? सरकारले मासिक १५ हजार तलब दिने भनेतापनि निजी फर्म, कम्पनीले सातदेखि आठ हजारमा काम लगाउछन् । यता, घरायसी काम गर्नेलाई त महिनाभर जम्मा तीनदेखि चार हजारमा काम लगाएको पाइन्छ ।

सरकारले कामबाट केही कारणबस् कामदार निकाल्न परेमा तीन महिनाको तलब क्षतिपुर्ति बापत दिनुपर्ने भनेको छ । त्यसैगरी, उनीहरुलाई नियुक्ति पत्रको व्यवस्था पनि गर्नुपर्ने भनिएको छ । तर, अधिकांश निजी फर्म र घरयसी कामदारले नियुक्ति पत्र पाएका छैन् भने तीन महिनाको तलबको कुरै छोडौं । फाइदा हुनुञ्जेल कम तलबमा साहुले रगतपसिना चुस्छ, फाइदा हुन छोडेपछि कामबाट निकाल्छ । अब ती निमुखाहरु उजुरी गर्न कहाँ जाने ? उजुरी दिनलाई नियुक्ति पत्र पनि छैन् । सामन्ती साहुहरुका कारण कामदारहरु भोकै मर्ने छन् ।

यो हुनुको एउटै मात्र कारण अर्थतन्त्रको खस्किदो अवस्था हो । होटल, रेस्टुरेण्टमा गएर खानेको संख्या निकै न्युन छ । खान आउने ग्राहकलाई ठगेर त होटलहरुले कमाउने हो । बैंकफाइनेन्सका कर्मचारीहरुको पनि एकाएक रोजगारी गुम्दै छ । बजारमा पैसा राख्ने मान्छे नभएपछि सहकारीले धमाधम बजार प्रतिनिधि निकाल्दै छ । सर्वसाधारणहरुले बैंकमा भएको पैसा निकालेर घरमा लगेर लुकाएर राख्न थालिसकेका छन् । यता, पसलहरुमा खरिदकर्ता निकै कम छन् । मानिसहरुले लत्ताकपडा किन्नै छाडिसके । तर, यसको मार त गरिब जनतालाई मात्र परेको छ ।

बिहान खाए बेलुका के खाने ? भन्ने सोझा जनताहरु पनि ठलुो बज्रपात जाइलागेको छ । आफु भोकै बसेपछि आफ्नो परिवारको पेट पाल्नैपप्यो । तापनि सम्बन्धित निकायको यस विषयमा ध्यान गएको छैन् । श्रममन्त्री कृष्ण श्रेष्ठले उनीहरुको हक दिलाउन पनि सकेनन् । अहिले गरिबको पक्षमा रहेर बोल्न पनि श्रममन्त्री श्रेष्ठलाई लाज लाग्छ । श्रममन्त्री गैरजिम्मेवार हुदाँ निमुखा जनताहरुको हकअधिकार खोसियो । तापनि त्यस्ता साहुमहाजनलार्य कारबाही गर्न उनी चुकेको छन् ।

विभिन्न फर्म, कम्पनी र घरमा काम गर्ने मानिसहरु नपढेका हुन्छन् । भर्खर गाँउघरबाट आएका, सीधासाधी र कानुनको विषयमा ज्ञान नभएका सर्वसाधारणहरुले यस क्षेत्रमा काम गर्दछन् । व्यवहारिक्ता र विश्वासीयनताको आधारमा उनीहरुले काम गरेका हुन्छन् । उनीहरुलाई नियुक्ति पत्र र सरकारको ऐनकानुनबारे के थाहा ? हिजो आफुसंग भएको बल सबै प्रयोग गरेर काममा खटिए । थोरै तलबमा रातदिन नभनी काम गरे । तर, आज तलब दिन सकिएन् कामबाट निक्लेर जानुस्भन्दा उनीहरुको चित्त कति दुखेको होला ? अब भोकभोकै मर्नुपर्ने हो कि भन्ने चिन्ताले कति पिरोलिरहेको होला ?

हीनताबोध श्रममन्त्रीका कारण कुनै पनि कामदारले आफ्नो हकअधिकार पाएनन् । न मनलाग्दी गर्ने साहुहरुलाई कारबाही भयो । थोरै तलब भएपनि बाध्यताका कारण उनीहरुले काम गरिरहेका थिए । मँहगी जति बढेपनि, सार्वजनिक सवारीको भाडा बढाइएपनि, घरधनीले कोठाबहाल बढाएपनि जसोतसो काम गरिरहेका थिए । अब कसरी बालबच्चा पाल्ने, घरभाडा कसरी तिर्ने, बिहानबेलुकाको गुजारा कसरी गर्ने, गाडी कसरी चढ्ने भन्ने बोझ उनीहरुमाथि थपिएको छ । अन्त काम नपाउञ्जेल के गर्ने ? भोको बस्न सकिदैन् ।

घरधनीले पनि महिनादिन पुग्न नपाउदै भाडा माग्छन् । तिम्रो काम छैन्, अलिक पछि देऊ भन्दैनन् । बच्चाको स्कुलको फिस पनि तिर्नैपप्यो । गरिबहरुलाई जताततैबाट दुःखले मात्र घेरेको छ । सरकार नभएको मुलुकमा गरिबका निम्ति दुई वटै विकल्प बाँकी छन् । कि भोकै बस्ने, कि अर्को ठाँउमा थप सस्तोमा काम गर्ने । सरकारको निर्णय हरेक व्यवसायीले धोती लगाइदिए । अब त्यही धोतीले मुख छोपेर श्रममन्त्री श्रेष्ठ हिड्छन् । मँहगी बढेको अनुपातमा कसैको तलब बढेको छैन् ।
बरु, थप घट्दै गइरहेको छ । त्यति तलबले के गर्ने ? घरभाडा तिर्ने कि रासन खर्च जुटाउने । स्कुलको फिस तिर्ने कि सार्वजनिक सवारी चढ्ने । बिरामी हुँदा लाग्ने खर्च छुट्टै छ । अब कुनैपनि हालतमा मानिसहरुले दुई छाक पेटभरि खान पाउदैन् । भोकभोकै काम गर्नुपर्ने अवस्था आएको छ । आम्दानी नभएको कतिपयको भाडा थुप्रिदै गएको छ । दुईतीन महिनादेखि कोठाबहाल तिर्न नसकेको भन्नेहरु यतिकै छन् । अबको परिस्थितिले कतिले भाडा तिर्न नसक्ने देखाउदै छ ।

सस्तो ठाँउको खोजी गर्नेहरुको संख्या दिनानुदिन बढ्दै छ । कोठाबहाल तिर्न नसकेकाहरु आफ्नो सामान छोडेर अन्तै जान तम्तयार भइसकेका छन् । पछिल्लो समय घरबहाल व्यापार बनेको छ । खेतीयोग्य जमिनमा घर बनाउने, भाडामा लगाउने र सुतिसुति खाने । घरधनीले घरबहालमा लगाएर धेरै आम्दानी गरिरहेका छन् । आफुलाई मनलाग्दी भाडा राख्ने, सरकारलाई राजस्व पनि नतिर्ने । यही आम्दानी देखेर बैंकफाइनेन्सले घरजग्गा, सेयर, निजी प्लेटका गाडी, निजी शैक्षिक संस्था र पाटी प्यालेसलाई मिटर व्याजमा कर्जा दियो । तर, वित्तिय संस्थाले औधोगिक क्षेत्रमा लगानी गरेनन् ।

बैंकफाइनेन्सले गरेको लगानी अब डुब्ने देखिसकेको छ । घरमा भात खाने चामल छैन् भने होटलमा गएर कसले मःम खान्छ ? अब बिहेदान गर्नलाई को पार्टीप्यालेसमा जान्छ । घरजग्गा, गाडी किन्नलाई आम्दानी पनि त हुनुपप्यो । बैंकफाइनेन्सको अब भागाभाग सुरु हुन्छ । बढी नाफा देखेर गरेको लगानी अहिले आफैलाई बोझ बन्दै छ । बैंकफाइनेन्स आफ्नो खुट्टामा आफैले बन्चरो हान्यो । हिजो सबै व्यापार व्यवसाय फस्टाँएको थियो । तर, विगत दुई वर्षदेखि सबै क्षेत्र डामाडोल बनेको छ ।
सबै क्षेत्रमा आर्थिक संकट देखिएको छ भने सेयर व्यापारमा पनि गिरावट आइसकेको छ । घरजग्गा, गाडीको व्यापारमा पनि मन्दी छाइसकेको छ । व्यापार नहुनेबित्तिकै यसको असर सिधैं वित्तिय संस्थामा पर्न जान्छ । अब कसैले पनि किस्ता तिर्न सक्दैन् । बैंकफाइनेन्सले कर्जा उठाउन सकिरहेका छैन् भने बचतकर्ता छदै छैनन् । जसको मार कामदारमा पप्यो । डुब्ने आशंका भइसकेपछि बैंकफाइनेन्सले विभिन्न बहाना बनाउदै कर्मचारी कटौती गर्न थालेका छन् । अर्थविद्हरुले पैसा राख्ने कोही छैन्, निकाल्ने मात्र बढी छ भनेर बारम्बार भनिरहेका छन् ।

जो मान्छेले हिजो शेयर, गाडी, जग्गा मँहगोमा किन्यो ऊ डुबिसक्यो । पैसा हुनेले अब यी क्षेत्रमा थोपो पनि लगानी गर्दैनन् । भोलि खाँचो पर्नसक्छ भनेर पैसा हुनेले सञ्चिति गर्न थालिसकेका छन् । पैसा जाम हुनेबित्तिकै र बजारमा नआउनेबित्तिकै अर्थतन्त्रलाई धक्का पुगिहाल्छ । जति पैसा चल्यो सरकारलाई त्यति नै फाइदा हुने हो । पैसा चलनचल्ती नआउनेबित्तिकै राज्यले राजस्व पाउदैन् । कुनैपनि सामानको भ्यालु रहदैन् । बेरोजगारीको सीमा झनझन् बढ्दै छैन् । मुलुकको अर्थतन्त्र नाजुक बन्छ ।
च्याउ उम्रेजसरी बैंकफाइनेन्सलाई दर्ता गर्न दिइयो । जनतालाई प्रलोभन देखाउदै पैसा राखे तर त्यसलाई सही ठाँउमा लगानी सकेनन् । अहिले आएर बैंकफाइनेन्स मात्र होइन् जनता पनि डुब्ने भए । मँहगो व्याज लिएर कर्जा दिदाँ सामानको मँहगी बढ्यो । कृषि, उधोगलगायतका क्षेत्रमा लगानी गरेको भए आज बैंकफाइनेन्स डुब्दैन्थ्यो भने धेरै मानिसले रोजगारी पाउथ्यो । अर्थतन्त्र दरो बनाउन यसले झनै सहयोग पुग्थ्यो । अहिले अधिकांश सर्वसाधारणहरु आफ्नो बचत रकम निकाल्न दैनिक बैंकफाइनेन्स धाइरहेका छन् । संस्थाका अध्यक्ष र चेयरम्यानहरु कार्यालयमा भेटिदैनन् । सरकारले देशको अर्थतन्त्र बचाउन तुरुन्त योजना बनाउनुपर्छ । यही स्थितिमा देश अघि चल्ने हो भने कति मान्छे भोकै मर्छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर