आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो – OSNepal

आईपीएल: कोलकत्ताले मुम्बईलाई हरायो

Osnepal April 07, 2022 0

काठमाडौं, २४ चैत -मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति पुनेमा मुम्बईले दिएको १६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गरेेकाे हाे ।

कोलकत्ताको जितमा पाट कुमिन्स बिस्पोटक ब्याटिङ गर्दै १५ बलमा अविजित रहदै ५६ रन बनाए । भेन्काटेस आयरले ५० रनको योगदान गरे । मुम्बईका मुरुगान आश्विन र ट्यामल मिल्सले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १६१ रनको योगफल तयार पारेेकाे थियाे ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५२ रन बनाए । कोलकत्ताका पाट कुमिन्सले सर्वाधिक २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ४ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हारसँगै मुम्बईले अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published.