संसद विघटन मुद्धामा बहस गर्न तोकियो समय ,चार जना एमिकस क्युरी माग — OSNepal

संसद विघटन मुद्धामा बहस गर्न तोकियो समय ,चार जना एमिकस क्युरी माग

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । दोस्रो पटक संसद विघटनको मुद्धामा इजलासले ४ जना एमिकस क्युरी माग गरेको छ । जसमा नेपाल बार एशोसिएसनबाट २ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जनाको माग गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा वरिष्ठताको आधारमा गठित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले रिट निवेदक पक्षलाई बहस गर्न १५ घण्टाको समय दिएको छ । जसमा प्रत्युत्तर बहसका लागि ३ घण्टाको समय तोकिएको छ ।

यसैगरी सरकारको तर्फबाट बहस गर्न पनि १५ घण्टाको समय निर्धारण गरिएको छ । साथै एमिकस क्युरीका प्रत्येक एक जनालाई आधा घण्टाको समय आजको इजलासले तोकेको छ । यस मुद्धामा बहस गर्नको लागि सबै एमिकस क्युरीका तथा कानुन व्यवसायीले असार १० गते भित्र बहस नोत दिन इजलासले आदेश दिएको छ ।

आजको इजलासले मुद्धामा विपक्षमा पारिएका राष्ट्रपति र प्रधानमन्त्रीसँग विघटन गर्नुको लिखित कारण माग गरेको छ ।
आदेशको पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर