चुरे क्षेत्रमा डोजर होइन, कुटो लिएर पनि सरकार प्रवेश गर्दैन :अर्थमन्त्री पौडेल — OSNepal

चुरे क्षेत्रमा डोजर होइन, कुटो लिएर पनि सरकार प्रवेश गर्दैन :अर्थमन्त्री पौडेल

LC (KTM) June 09, 2021 0

काठमाडौँ २६ जेठ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चुरेमा डोजर होइन कुटो लिएर पनि सरकार प्रवेश नगर्ने स्पष्ट पारेका छन् । आज बुधबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

वातावरणीय प्रभाव मूल्यांकनको दृष्टिकोणले उपयुक्त ठानिएका र खानी तथा भूगर्भ विभागको दृष्टिकोणले उपयुक्त ठानिएका खानीहरूबाट मात्रै उत्खनन गर्ने भनिएको बताएका पौडेलले बजेटको १९९ नम्बर बुँदालाई भारतसँग जोडेर प्रचार गरिएको प्रति आपत्ती जनाएका छन् । अन्तरक्रिया कार्यक्रममा पौडेलले भने, ‘कोदालो डोजर लिएर होइन, एउटा कुटो लिएर खोस्रिने काम पनि गर्न हुँदैन भन्ने वर्तमान सरकारको दृढ धारणा हो, त्यसकारण चुरेको संरक्षण र प्राकृतिक सम्पदाको सदुपयोगको प्रश्नमा सरकार प्रतिबद्ध छ ।’

यो सरकारले नेपाल र नेपालीको स्वाभिमानको प्रश्नमा कुनै प्रकारको सम्झौता गर्दै भनेका पौडेलले चुरेको संरक्षणको महत्वलाई मैले स्थापित गर्ने पहल गरें । र सिद्धबाबाको डाँडा खनेर यात्रा सुरक्षित गर्ने होइन, त्यहाँ सुरुङ मार्गको व्यवस्थित प्रवन्ध गरेर, चुरेको दोहन, उत्खनन्बाट हामिले जोगिनुपर्दछ भन्ने मान्यताका साथ त्यसका निम्ति सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर