प्रदेश-२ मा सत्ता संघर्ष : कांग्रेसले लियो यी तीन मन्त्रालय ,आजै सपथ खाने तयारी — OSNepal

प्रदेश-२ मा सत्ता संघर्ष : कांग्रेसले लियो यी तीन मन्त्रालय ,आजै सपथ खाने तयारी

LC (KTM) June 09, 2021 0

जनकपुरधाम २६ जेठ । प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा जाने निश्चित भएको छ । जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले माओवादी र कांग्रेसलाई सरकारमा लान भएको सात वटा मन्त्रालयलाई ११ मन्त्रालय बनाएका छन् ।

सरकारमा जाने कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने भएको छ । कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका हुन् । आजै उनीहरुले सपथ लिने समेत भएका छन् ।

यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर