प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह — OSNepal

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

LC (KTM) June 09, 2021 0

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताएकी हुन् । उनले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गरीन् ।

मन्त्री राईले भनिन् ,‘ केन्द्रले प्रवन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’ कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवस्यक तयारी गर्न आवस्यक देखिएको उनको भनाई छ । तेश्रो लहरको पनि पुर्वतयारी आवस्यक रहेकोमा मन्त्री राईको जोड थियो । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले बताईन् ।

प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको मन्त्रि राईले बताईन् । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेकोमा जोड दिईन् । उनले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर