ओएसनेपाल, काठ्माण्डौ।कृष्णपूर नगरपालिकाको उपमेयरमा टिकेस्वरी पान्डेय “प्रेरणा” को पनि दाबी रहेको छ ।उम्मेदवारी घोषणा गर्दै प्रेरणाले यस नगरपालिकाको समृद्धि र विकासकालागि आफु खुल्ला राजनितिमा आएको बताईन् ।
उनले आफु योग्य र सक्षम भएकाले पार्टीले आफुलाई नै उपमेयरको टिकट दिने बताईन ।आफु उठेको नगरपालिकामा जनताको पनि साथ रहेकाले निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताईन ।यस क्षेत्रकों नागरिकको रोजाईको पात्र आफु भएकाले सहयोग मिल्नेमा ढुक्क रहेको बताउनु भयो ।
कृष्णपूर नगरपालिका भनेपछी सुदुरपश्चिम प्रदेश को कंञ्चनपूर जिल्लामा पर्दछ । स्थानिय चुनावको मिति नजिकिदै गर्दै मेयर र उपमेयरमा दाबी दिनेहरुको संख्या धेरै नै रहेको छ ।गठबंधन सरकारले स्थानीय निकायको चुनावमा मिलेर जाने सहमति गरेसंगै कतै खुसीयाली छ भने कतै सहमतिमा पुग्न नै समस्या भएको नेताहरु बताउन्छन् ।
मेयर दाबी गर्नेहरूमा लेखराज जोशी , हेमराज ओझा, बिजय कुमार ओली,रतन बहादुर साउँद,डा. फुलराम चौधरी , नबराज जोशी,तौला राना , झेली थारु राना, गिरी राज पान्डेय , गणेशराज पाण्डेय, प्रेम बहादुर बलाएर, बिष्णु सिँ खडका , झँकर बहादुर खडका र मीन बहादुर सिँहले मेयर मा दाबी गरेका हुन ।
उपमेयर मा टिकेस्वरी पान्डेय “प्रेरणा”, पार्बत्ती देबी महता,द्रोपती राना,तिलु महरा,भुबन्स्वरी जोशी , निर्मला भट्ट र टिकेस्वरी खडकाले दाबी गरेका छन् ।