आगामी निर्वाचनमा धादिङमा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुने, गठबन्धन दलबीच नेता कार्यकर्तालाई पार्टीमा प्रवेश नगराउने — OSNepal

आगामी निर्वाचनमा धादिङमा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल हुने, गठबन्धन दलबीच नेता कार्यकर्तालाई पार्टीमा प्रवेश नगराउने

LC (KTM) April 08, 2022 0

काठमाडौं २५ चैत । आगामी निर्वाचनमा धादिङ जिल्लामा पनि गठवन्धन गरेर जाने सत्ता गठवन्धन दलमा निणर्य भएको छ ।

आज शुक्रबार जिल्लास्थित गठबन्धनका दलहरूको गल्छीमा बसेको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गरेर जाने निणर्य गरेको हो ।

बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी भएका थिए ।

चुनावी तालमेल भागबण्डाका लागि दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक पार्टीबाट २/२ जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने उक्त बैठकमा सहमति भएको बताइएको छ ।

साथै, बैठकले गठबन्धन दलका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश नगराउने भन्दै दलहरूबीच हार्दिकता कायम गर्न एकअर्काविरुद्ध आक्षेप नलगाउने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर