दुई मन्त्री र एक राज्यमन्त्री सहित कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी — OSNepal

दुई मन्त्री र एक राज्यमन्त्री सहित कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी

LC (KTM) April 08, 2022 0

धनगढी २५ चैत । सुदूरपश्चिम प्रदेश सरकारमा सत्तारुढ दल नेपाली कांग्रेस सहभागी हुने भएको छ । निर्वाचन आचारसहिंता लागु हुनु भन्दा अगावै कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुने भएका हुन् ।

जसमा कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री र टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्ने भएका छन् ।

जसको लागि सरकारमा सहभागी नेकपा एकिकृत समाजवादी पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री छोड्न पर्ने भएको छ ।

सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारी बाहेक आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद फिर्ता हुने एकीकृत समाजवादीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर