प्रज्ञा स्मृति भरतपुर साइकलिङ म्याराथन उद्घाटन गर्दै ‘प्रचण्ड’ — OSNepal

प्रज्ञा स्मृति भरतपुर साइकलिङ म्याराथन उद्घाटन गर्दै ‘प्रचण्ड’

LC (KTM) April 09, 2022 0

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा चितवनको नारायणघाटमा शनिबार आयोजित प्रज्ञा स्मृति भरतपुर साइकलिङ म्याराथन २०७८ को उद्घाटन गर्दै । ६५ किमीसम्म हुने म्याराथनमा करिब १०० जना साइकलिङको सहभागिता रहने छ। तस्बिरः रत्न श्रेष्ठ÷ रासस

खुम्बुमा बाह्य पर्यटकको चहलपहल
पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ । अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाका कर्मचारी खुमप्रसाद पौडलले बताउनुभयो ।

लुक्लामा दैनिक ४५ वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् । एकैदिनमा १४ वटा जहाजमार्फत २६६ र ४५ वटा हेलिकोप्टर मार्फत २२५ सम्म पर्यटक खुम्बु भित्रिने गरेको उहाँको भनाइ थियो । अहिले भित्रने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर