पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौला एउटै ठाउँमा – OSNepal

पूर्वआईजीपी सर्वेन्द्र खनाल र पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौला एउटै ठाउँमा

HB Tamrakar (KTM) April 09, 2022 0

ओएसनेपाल, काठमाण्डौ ।पूर्व आईजीपी सर्वेन्द्र खनाल र पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौला बिच भेटघाट सम्पन्न भएको छ । स्वतन्त्र युवाहरुसंग खनाल र संगौला देखिएका छन् ।नेपालको पछिल्लो अवस्था अत्यन्तै डामाडोल भएकाले नेपालले सर्वेन्द्र, डा.संगौला वाँ अरु कोही योग्य पात्र राजनितिमा आउनुपर्ने बताउन्छन् नेपाल-चिन विज्ञ दिनेश खनाल ।

नेपालमा राजनैतिक परिवर्तन भएतापनि देशको अवस्था परिवर्तन नहुनुमा दल र तिनका नेतृत्व असफल भएको भन्दै पछिल्लो समय पूर्वआईजीपी खनालको नेतृत्वमा सवै शक्ति अगाडी बढ्न तयार देखिएका छन् । प्रहरी संगठनको नेतृत्व गर्दा खनालले पुर्याएको योगदान र बनाएको अन्तराष्ट्रीय छबीलाई शक्तिमा रुपान्तरण गरेर देशको समृद्धि गर्नुपर्ने आवाज उठेको हो ।

पूर्व आईजीपी खनालले नेपाल समृद्ध भएको हेर्न चाहेकाले कसरी अगाडी बढ्ने भनेर सवै पक्षहरुसंग घनीभूत छलफल र वहस भइरहेका छन् । “नेपाल स्कुल अफ ल” मा पूर्व आईजीपी सर्वेन्द्र खनाल र पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज संग्रौला संगै देखिनुने नेपाली राजनितिमा हलचल पैदा भएको छ ।

नेपाल चिन विज्ञ दिनेश खनाले भन्नुभयो पूर्व आईजीपी खनालसंग देश हाक्न सक्ने शक्ति भएकाले वहॉं को नेतृत्व मा अगाडी बढ्न असहज नभएको बताउनु भयो ।

स्वतन्त्र युवाहरु बाट हेमराज थापा, सोम शर्मा, राजेन्द्र ताम्राकार लगायत युवाहरुकोपनि उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.

भर्खर