विश्व कीर्तिमानी अर्पण शर्मा जगतगुरुद्वारा सम्मानित – OSNepal

विश्व कीर्तिमानी अर्पण शर्मा जगतगुरुद्वारा सम्मानित

Osnepal April 09, 2022 0

काठमाडौँ । तेज स्मरण शक्तिका धनी तथा विश्व कीर्तिमानी अर्पण शर्मा एक धार्मिक समारोहमा सम्मानित भएका छन् ।

उनले आफ्नो प्रतिभा द्वारा गिनिज बुकमा नाम लेखाई नेपाललाई विश्वमा चिनाएको र विद्यार्थीहरुको जीवन रुपान्तरण गरेको योगदानको कदर गर्दै श्री कृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराजश्री बाट दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

श्री नवतनधाममा आयोजित “श्री तारतम महामंत्र अवतरण चतुर्थ शताब्दी महामहोत्सव एवं श्रीमत्तारतम सागर ब्रम्हवाणी १०८ पाठ पारायण २०७८” को अवसरमा गरिएको यो सम्मानमा प्रमुख अतिथि पर्यटन तथा संस्कृति मंत्री माननीय प्रेम आले ज्यू थिए ।

बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव मणीराम गेलाल सहित विभिन्न धार्मिक व्यक्तित्वहरुको आतिथ्य रहेको कार्यक्रम हजारौं कृष्ण प्रणामी भक्तजनहरुको सहभागितामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.