बिश्वकप छनौटमा ब्राजिलको अपराजित यात्रा कायमै , नेयमार चम्किदा पारग्वे स्तब्ध — OSNepal

बिश्वकप छनौटमा ब्राजिलको अपराजित यात्रा कायमै , नेयमार चम्किदा पारग्वे स्तब्ध

LC (KTM) June 09, 2021 0

फिफा विश्वकपको छनोटमा बिभिन्न देशले आपसमा प्रतिष्पर्धा गरिरहेका छन् । फुटबलको पर्यावाची नै बनेको ब्राजिलले पनि बिश्वकप छनौटमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार पाराग्वेलाई शुन्यका बिरुद्ध २ गोल गर्दै ब्राजिलले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।
ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई दुई शुन्यको को जित दिलाए ।

छनोटमा लगातार छैटौं जित निकाल्दै ब्राजिल १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । पाराग्वेले ६ खेलमा ७ अंक जोडेको छ । पाराग्वे तालिकाको छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर