टेनिसका चर्चित खेलाडी राफेल नाडाल अर्काे कीर्तिमानी नजिक , एकल ग्रान्डस्लामको सेमिफाइनलमा प्रबेश — OSNepal

टेनिसका चर्चित खेलाडी राफेल नाडाल अर्काे कीर्तिमानी नजिक , एकल ग्रान्डस्लामको सेमिफाइनलमा प्रबेश

LC (KTM) June 09, 2021 0

टेनिसका चर्चित तथा किर्तीमानी खेलाडी राफेल नाडाल सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बन्ने होडको नजिक पुगेका छन् । उनले अहिले सम्म २० पटक ग्रान्डस्लामको उपाधी जितिसकेका छन् ।

उनी संगै रोजर फेडेररले पनि सवार्धिक २० पटक नै उपाधी जितिसकेका छन् । नाडाल भने फेडेररलाई पछि पार्दै कीर्तिमानी कायम राख्ने दौडमा रहेका छन् । राफेल नाडाल वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको सेमिफाइनल पुगे संगै उनको सपना पुरा हुन लागको हो ।

नाडालले आज साँझ भएको खेलमा डिएगो स्वार्ट्जम्यानलाई चार सेट खेलेर हराए। पहिलो सेट ६- ३ ले जितेर दोस्रो सेट ४-६ ले गुमाएको नाडालले त्यसपछिका दुई सेट ६-४ र ६-0 ले जित्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । नाडालले फ्रेन्च ओपन मात्र १३ पटक जितेका छन्। उनले अघिल्लोपटक जितेर फेडेररको कीर्तिमानी बराबरी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर